Showing posts with label nepali neta. Show all posts
Showing posts with label nepali neta. Show all posts

Friday, August 8, 2014

फ्याउरेलाइ मार्दा स्यालको कराइ

v भावनामा पहिरो गएपछि जुनसुकै बेला मनको बाँध फुट्न सक्छ, आखिर डुबानमा पर्ने एमालेनै हो |

वहाँ वहाँ शर्मा ज्यु पुवाक्क मुख खोल्यौ ।
चरी मार्दा माननिय ज्यु किन यत्ती सारो रोयौ ।
कहाँ थियौ मानानिय ज्यु सारा सुनकोशी रुदा ।
किन गर्छौ घात कम्रेड चरी उडी जादा ।
चरी मार्दा सम्सद मा हङ्गामा नै लियायौ ।
सयौ जनता पुरिदा नि कम्रेड कानमा तेल लायौ ।
सुन्छु कतै माननिय ज्यु अस्पातालमा सिसा फुटे अरे ।
माननियकै आशिर्बाद मा धादिङ बन्द भो रे।
हजुर कै अशिबाद मा चरी शहिद पो हुने भो रे ।

एमालेको राजनिती पनि बुझिनशक्नुको छ बा। आफ्नै पर्टिको ग्रिहमन्त्री छ अनि उसकै जिल्लास्तरिय नेता, दिनेश अधिकारी (जो कुख्यात अपराधि हो) लाई पुलिशले दोहोरो भिडन्तमा मारिदिन्छ फेरि एमालेकै सभाशदले घटनाको बिरोधमा संशद अबरुद्द गर्छन यो कस्तो राजनिती? पाण्डेजिले आफ्नै पार्टिका बरिस्ट उपाध्यक्ष ले समेत चरी जबाफी कारबाहीमा मारिएका हुन् भन्दा समेत नपत्याएर संसद अबरुद्द गरिरहेर संसदीय मर्यार्दाको खिल्ली उडाएका छन् । किनकि चरीको अबसान संगै उनको राजनीतिक भबिस्य पनि संकट मा परेको छ । उनलाई राम्ररी थाहा छ हिजो २०६४ सालको संबिधान सभाको चुनाबमा सालिकराम जम्मरकटेलले उनलाई गाउँ छिर्नै नदिएर हराएका थिए । पछिल्लो चुनाबमा भने चरीको सहायतामा उनले कट्टेललाई परास्त गरे ।अब फेरी अर्का राजनीतिक डन यिनै जम्मरकटेल हाबी हुने त्रास छ उनमा | जे भयो धेरै पहिले हुनु पर्ने कुरा हो, पार्टीको आड लिएर जनतामा त्रास उत्पन्न गराउनेलाई सजाय त दिने पर्थो, फेरी सभासद पाण्डेलाई जनताले भोट दिएर सभासद भाको कि चरीले? जनताको लागि सदनमा आको कि चरीको लागि? किन चरीको लागि यति धेरै वकालत? यी पाण्डे जीले सिन्धुपाल्चोक पहिरो पीडितको बारेमा यसरी उफ्री उफ्री कराएका भए जनताको कति तालि पाउँथे होला |


के चरी प्रकरणमा एमाले सामु नैतिक प्रश्न छैन? प्रहरीको मोस्ट वाण्टेड सूचीमा चढेका व्यक्तिलाई पार्टी सदस्यता दिन मिल्छ? उल्टै उनलाई क्षेत्रीय समितिको उपाध्यक्ष बनाउन संकोच हुन्न? एमालेले चरी मात्रै होइन नेपाल प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका अर्का गुण्डा रमेश बाहुनलाई पनि गत संविधानसभा निर्वाचनमा आफ्नो पार्टीमा प्रवेश गराएको थियो। गुण्डाका सवालमा पार्टीहरुले न्यूनतम  सामाजिक मर्यादा र कानुनी शासनको पालना गरेका छैनन्। गुण्डालाई छहारी दिने मामिलामा उनीहरु पूरै निशंकोच देखिएका छन्। बास्तवमा नेताहरुलाई चरीलाई मारेकोमा चिन्ता होईन, चरीले गुण्डा गर्दी गरेर आफुलाई कमिशन पाउने मुहान बन्द भएकोमा चिन्ता हो |

मेरो देश नेपालमा राजाको पुरै परिवार मारिये कस्ले मार्यो किन मार्यो थाहा भयेन। मदन भन्डारी मारिये कस्ले किन मारे पतै भयेन । आज ऐउटा गुन्डा देशको कलङ्क लाई पुलिस ले ईन्काउन्टर गर्दा येत्रो हङ्गामा। जनताहरु सुन्दै छौ होलानि नेताको धारणा यस्ता धेरैको ईन्काउन्टर गर्नुछ अझै नेपालमा । देशको सिमा मिचियेकोछ त्यस्मा छान्बिन हुदैन। बिदेशमा नेपाली मारियेका छन तेस्मा छान्बिन हुदैन। आज ऐउटा अपराधि जनतालाई धम्कयाउने जनतालाई दुख दिने सोजा सिदा जनतालाई अपहरण चन्दा असुल हत्या गर्ने अपराधि मारिदा हाम्रो नेताको चित दुखेको छ । छान्बिनको माग गरेको छन पुलिसलाई पुरस्क्रित गर्नुको सटा। ( तिमी हामीले भोट दिऐका नेता हरुको नियत बिस्तारै बाहिर आउदैछ ) देशमा प्रक्रितीक प्रोकोप आको छ सयौ मनिस मरे हजारौ बिस्तापित भये यस घटनाले साम्सद मा हङ्गामा भयेन आज अपरधि मारिदा साम्सद भबन मा हङ्गामा भयोरे हाम्रो नेपाल मा।धिकार छ राष्ट घाति नेता हरु तिमीहरु लाई |

मोदिको प्रवचनले एमाले नेताहरुलाई उल्टो असर परेजस्तो छ ! 'ऋषीमन'भनेको 'पर्शुराम ऋषीमन' भन्ने बुझेछन् कि क्या हो ?